२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा जेल चलान


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 7.3K
    SHARES

  • images
    कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा जेल चलान

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटा जेल चलान भएका छन्।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको सोमबारको इजलासले सापकोटालाई जेल चलानको आदेश दिएको हो।

    अदालतको आदेशपछि उनलाई जेल चलान गरिएको छ। खुकरी प्रहार गरेपछि पक्राउ परेका सापकोटाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। १० वर्षसम्म कैद सजाय मागदाबी गर्दै दायर भएको मुद्दामा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

    गत भदौ २० गते रिपोर्टस् क्लबमा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहारपछि सापकोटा राजसंस्था जिन्दावाद भन्दै चिच्याएका थिए। प्रहरीले पक्राउ गर्दैगर्दा उनले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भनेका थिए। सापकोटाले एमसीसी खारेज गर भन्दै नारासमेत लगाएका थिए।

    नुवाकोटको विदुर नगरपालिका–७ घर भएका ४७ वर्षीय सापकोटा राजसंस्था चाहिने भन्दै कराएका थिए। सापकोटाको खुकुरी आक्रमणबाट घाइते भएका सहमहामन्त्री यावदको ट्रमा सेन्टरमा उपचार गराइएको थियो। उपचारपछि ठिक भएर उनी डिस्चार्ज समेत भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend