२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

साढे २ लाख रुपैयाँ चोरी गर्ने जेठाजुद्वारा बुहारीको हत्या, तीनजना पक्राउ


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 10.4K
    SHARES

  • images
    साढे २ लाख रुपैयाँ चोरी गर्ने जेठाजुद्वारा बुहारीको हत्या, तीनजना पक्राउ

    वीरगञ्ज । प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिकामा एक महिलाको घाँटी रेटी हत्या गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। गत असोज २ गते जगरनाथपुर गाउँपालिका–५ की ५६ वर्षीया कान्तिदेवि बिनको आफ्नै घरमा हत्या भएको थियो।

    घटनामा संलग्न सोही वडाका ३६ वर्षीय भुटा भनिने लालबाबु राउत बिन, ५९ वर्षीय चन्द्रिका राउत बिन र ५७ वर्षीय अमिरिका राउत बिनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

    पक्राउ परेकामध्ये चन्द्रिका र अमिरिका कान्तिदेवीका जेठाजु हुन्। तीनै जना कान्तिदेवीको घरमा पैसा चोरी गर्नको लागि छिरेकोमा पक्राउ पर्ने डरले खुर्पीले घाँटी रेटेर उनको हत्या गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।

    विदेशमा बस्ने कान्तिदेवीका छोराले घरमा २ लाख ५० हजार रकम पठाएका थिए। सोही रकम चोरी गर्न तीनै जना अभियुक्तहरु असोज १ गते राति पौने १२ बजे उनको घर गएका थिए।

    घरभित्र पसेर उनीहरुले बक्सा खोतल्दै गर्दा कान्तिदेवीले देखेपछि तीनै जनाले रड र काठको फलेक प्रहार गरी पछि खुर्पीले घाँटी रेटी हत्या गरेको प्रहरी उपरीक्षक शाहले बताए। तीनै जनालाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसनधान भइरहेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend