२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 9.7K
    SHARES

  • images
    अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर

     

    काठमाडौ, १६ असोज । हालको राजस्व नीति र परम्परमगत राजस्व संकलन गर्ने अवस्थामा परिवर्तन नगरे अर्थतन्त्रमा थप अप्ठ्यारो अवस्था आउने अर्थ सचिव डाक्टर कृष्णहरी पुष्करले चेतावनी दिएका छन् ।

    आज अर्थ समितिको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षामा भाग लिएका सचिव पुष्करले समितिमा राजस्व संकलनको पुरानो तरिका परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘अहिले भैरहेको जुन राजस्व नीति छ र जसरी अहिले हामी परम्परागत रुपमा राजस्व उठाउँछौ त्यो हिसावले जाँदा हामी अब अप्ठ्यारोमा पर्छौ । त्यसकारण बेलैमा यसतर्फ सोच्नुपर्छ ।’

    उनले सरकारको राजस्वमा पेट्रोलियम पदार्थ,दूरसञ्चार शुल्क र सेवासँग सम्बन्धित करहरुको योगदान धेरै रहेको र त्यो विस्तारै घट्दो क्रममा रहेको उल्लेख गर्दै त्यसको विकल्प खोज्नुपर्ने बताए । उनले सरकारले विभिन्न वस्तु तथा सेवामा गरेको कर छुटको प्रभाव आम जनतामा परेको छ कि छैन राष्ट्रिय स्तरबाटै त्यसको समीक्षा गर्नुपर्ने उल्लेख गरे । साथै,अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भन्दै राजस्व संकलन र अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्नेमा उनको जोड छ ।

    ‘समस्याको पहिचान र स्वीकार नगरीकन त्यसको सुधारको प्रस्तानविन्दु सुरु नहुने भएकाले अर्थतन्त्रको अवस्था लुकाउने पक्षमा हामी छैनौ । अर्थतन्त्र अप्ठ्यारो अवस्थामा चाँही छ तर, हामी संकटकै अवस्थामा पुगेको भने होइन । लगानीयोग्य रकम छ, व्याजर पनि केही घटेर आएको छ । अब हामीले धेरै वर्षदेखि विरासतको रुपमा रहेको अर्थतन्त्रको जुन समस्याहरु छन् त्यसबाट फड्को मार्न जरुरी छ,’ पुष्करले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend