२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एनआरएनए निर्वाचन : युवा उपाध्यक्षमा उम्मेदवारी दिदै रोशन थापा


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 8.6K
    SHARES

  • images
    एनआरएनए निर्वाचन : युवा उपाध्यक्षमा उम्मेदवारी दिदै रोशन थापा

     

    काठमाडौं, १६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) युवा उपाध्यक्षमा रोशन थापाले पुनः उम्मेदवारी दिने तयारी गरेका छन्।हाल युवा उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका थापाले अक्टुबरमा हुने महाधिवेशनमा नेतृत्वका लागि दाबी गर्ने भएका हुन्।

    अफ्रिका तथा जापानामा व्यवसाय गर्दै आएका थापा करिब २ दशक अघि इलामबाट जापान अध्ययनको लागि पुगेका थिए, थापाले एनआरएनएको नेतृत्व लिई अनुभव समेत हासिल गरिसकेका छन्। गैरआवासीय नेपाली संघ ताम्जिानियाको दुई कार्यकालको अध्यक्ष भैसकेका उनले एनआरएनएको अफ्रिका क्षेत्रीय संयोजकको रुपमा जिम्मेवारी पनि पूरा गरेकाे अनुभव छ।

    उनले आगामी कार्यकालमा एनआरएनए निर्वाचन प्रणाली अमेरिकी मोडलमा गराउन र युवाका लागि राष्ट्रिय समितिहरुलाई परिचालन गरेर एक मिलियन डलरको युथ फन्ड स्थापना गर्ने एजेन्डा अघि सारेका छन् । 'अब सबै क्षेत्र, भूगोल र जनसंख्याको उचित प्रतिनिधित्व हुनेगरी मतभारको आधारमा सबैले मतदान गर्न पाउने व्यवस्था अपरिहार्य भइसकेको छ,' थापाले भने ।

    जापानको एदोगावा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा स्नातकसम्मको डिग्री हासिल गरिसकेका छन्।

    थापाको जाम्बियामा अटो मोबाइल र रियलस्टेटको व्यवसाय फस्टाउँदै गएको छ। त्यसबाहेक थापाको जापानमा इन्स्योरेन्स, अटोमोबाइल क्षेत्रमा लगानी गरेका छन् भने नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा लगानी गरिसकेका छन्। विभिन्न देशका युवासंग राम्रो नेटवर्क बनाएका थापा लोकप्रिय मानिन्छन् । युवाहरुको समस्या बुझ्ने र त्यसको समाधानकालागि अग्रसर हुने एनआरएनए अभियान्ताको रुपमा परिचित छन्।गैरआवासीय नेपाली संघको ११ औं महाधिवेश अक्टोवर १७ देखि २० सम्म काठमाडौंमा हुँदै छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend