२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मन्त्री ज्वालासंग एमसीसी टोलीको भेटवार्ता, ‘कार्यान्वयनमा कुनै शंका गर्नुपर्दैन’


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 7.6K
    SHARES

  • images
    मन्त्री ज्वालासंग एमसीसी टोलीको भेटवार्ता, ‘कार्यान्वयनमा कुनै शंका गर्नुपर्दैन’


    काठमाडौं, १६ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले, एमसीसी परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन्।

    नेपाल भ्रमणमा रहेकी एमसीसी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा मन्त्री ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको परियोजना कार्यान्वयनमा जाने बताएका हुन्।

    ‘नेपाल सरकार र सार्वभौम संसद्ले एमसीसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्नेछैन,’ मन्त्री ज्वालाको भनाई उदृत गर्दै उनको सचिवालयले भनेको छ ।, ‘परियोजनामा केही समस्या छन् तर ठिक समयमा सुरु गरेर ठिक समयमा निर्माण सकेपछि अहिले उब्जिएका कतिपय समस्याहरू आफैं हल भएर जानेछन्।’

    एमसीसी एक्जुकेटिभ डाइरेक्टर एलेक्स अलवाइडले एमसीसी परियोजना कार्यान्वयन भए आफू र आफ्नो देश पनि खुसी हुने बताइन्। उनले भनिन् ‘एमसीसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएकी छु, नेपाल सरकारको सकारात्मक धारणाले म खुसी पनि छु’ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend