२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ


सञ्चार डबली
  • सोमबार, असोज १५ २०८०
  • 9.8K
    SHARES

  • images
    संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ

     

    काठमाडौं, १५ असोज । सहरी विकासमन्त्री सीता गुरुङले संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुने बताएकी छन् । सोमबार ललितपुरमा बसोबास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनमा देखिएका समस्या ४० वटा संघीय कानुन बनाइसकेपछि अन्त्य हुने दाबी गरिन् ।

    संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनकै चरणमा रहेकाले अहिले व्यवस्थालाई दोष दिने बेला नभएको भन्दै उनले कार्यान्वयनकै चरणमा सबै कुरा भएन भन्न नहुने बताइन् ।

    आम नागरिकको चासो सहरकेन्द्रित हुन थालेको बताउँदै उनले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारे पनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गरिन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend