२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


सञ्चार डबली
  • सोमबार, असोज १५ २०८०
  • 10.1K
    SHARES

  • images
    जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

     

    काठमाडौं, १५ असोज । काठमाडौं र झापाबाट जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । काठमाडौंको टोखा नगरपालिका–३ थापागाउँ पुलमा लङ्गुर बुर्जा (जुवा) खेलिरहेको अवस्थामा काठमाडौं फुटुङ बस्ने सुनसरी धरान उपमहानगरपालिका१७ घर भएका ३० वर्षीय रोशन राई समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय २० रूपैयाँ, ६ वटा गोटी र १ थान खेल्ने पालसहित पक्राउ गरेको हो ।

    झापा, विर्तामोड नगरपालिका–५ बस्ने २५ वर्षीय धिरज अग्रवालको घर गोदाममा जुवातास खेलिरहेको अवस्थामा अग्रवाल समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend