२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक


सञ्चार डबली
  • आइतबार, असोज १४ २०८०
  • 9.9K
    SHARES

  • images
    मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक


    काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय आयोग गठन गर्ने लगायतका विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त सात दलका शीर्ष प्रतिनिधिलाई बैठकमा बोलाएका हुन् ।

    तर, चाडपर्वको मुखमा सरकारले उच्च मूल्य वृद्धि गरेको भन्दै रास्वपाले त्यसको विरोध गरेको छ । रास्वपाले उक्त बैठक बहिस्कार गर्ने रास्वपा सभापति रवि लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराए ।

    उनले फेसबुकमा लेखेका छन्, ‘‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रम बारे जानकारी दिनेछौं।’’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend