२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते


सञ्चार डबली
  • शनिबार, असोज १३ २०८०
  • 9.7K
    SHARES

  • images
    सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

    सल्यानको छत्रेश्वरीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना भन्दा धेरै घाइते भएका छन्।

    शुक्रबार बेलुकी छत्रेश्वरी गाउँपालिकाबाट शारदा नगरपालिका १२ कागखोला तर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी-५ लेखपोखरामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा शारदा नगरपालिका–१५ माल्नेटाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७६ वर्षीया धुर्बी बोहरा छन्।

    दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैँजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।

     दुर्घटनामा परी १४ जना घाइते भएका छन्। घाइतेमध्ये शारदा – १५ की ५७ बर्षीया पेमला भण्डारीलाई सुर्खेतमा थप उपचारका लागि पठाइएको डिएसपी कार्कीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend