२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

उषा बोर्डिङको होस्टेलमा बालकको मृत्यु भएपछि आफन्तले गरे विद्यालयमा आगजनी (भिडियोसहित)


सञ्चार डबली
  • शनिबार, असोज १३ २०८०
  • 19.1K
    SHARES

  • images
    उषा बोर्डिङको होस्टेलमा बालकको मृत्यु भएपछि आफन्तले गरे विद्यालयमा आगजनी (भिडियोसहित)

    सुर्खेत । होस्टेलमा कक्षा २ मा अध्यायनरत बालक झुण्डिएको अवस्थामा भेटिएपछि सुर्खेतको वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका बोर्डिङ स्कुल बालकका आफन्तले तोडफोड सहित आगजनी गरेका छन् ।

    शुक्रबार विद्यालको होस्टेलमा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ का ८ वर्षीय सलाम पुलामीमगर भुण्डिएको अवस्थामा फेला परेपछि आफन्त आन्दोलित बनेका हुन् । बालकको शव बुझ्न नमानेका आफन्तले विद्यालयमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    यस घटनाका कारण बालकका आफन्तहरु आन्दोलित भई विद्यालयमा आगजनी गर्दा पनि यस विषयमा विद्यालयले कुनै प्रतिक्रिया दिएको छैन ।

    IMG_0036-1-1536x1024.jpg

    भिडियो हेर्नः

    https://fb.watch/nnAjJgEkvB/?mibextid=Nif5oz

     

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend