२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु, कर्णाली राजमार्ग अवरुद्ध


सञ्चार डबली
  • शनिबार, असोज १३ २०८०
  • 7.7K
    SHARES

  • images
    मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु, कर्णाली राजमार्ग अवरुद्ध

    १३ असोज, सुर्खेत । मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर-३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृतक बालक वीरेन्द्रनगर-३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्दै आएका थिए ।

    दुर्घटनालगत्तै मोटरसाइकल चालक फरार छन् । मोटरसाइकल नम्बर नखुलेकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै गोकुल कटेज नजिकै कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend