शुक्रबार, असोज १२, २०८०
काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको सचिवमा नवराज सिलवाल विजयी भएका छन् । उनी एक मतान्तरमा विजयी भएका हुन् । सिलवालले ५६८ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए ।
यस्तै, अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित ढुंगेलले ६९६ मत पाए । उनका प्रतिस्पर्धी दाहालले ४३९ मत पाए ।
मतदानमा एक हजार १३५ मत खसेको थियो । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो । एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ ।


