२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 11.2K
    SHARES

  • images
    मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ

    सुनसरीको इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका दुईजना कर्मचारी १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

    सुनसरी मालपोत कार्यालयका नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट गएको टोलीले शुक्रबार उक्त घुस रकमसहित पक्राउ गरेको हो।

    उनीहरुले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा उनीहरुलाई अख्तियारको टोलीले इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित मालपोत चोकबाट पक्राउ गरेको हो।

    उक्त परिमाणको घुस लिइसकेको अवस्थामा दुवैजनालाई पक्राउ गरेर इटहरीस्थित क्षेत्रीय कार्यालयको हिरासतमा राखिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend