२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

दैनिक १४ सय डेंगी संक्रमित थपिँदै, जुलाईयता २० जनाको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 7.4K
    SHARES

  • images
    दैनिक १४ सय डेंगी संक्रमित थपिँदै, जुलाईयता २० जनाको मृत्यु

    काठमाडौं । पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढिरहेको छ । 

    दैनिक एक हजारदेखि एक हजार ४०० जनासम्म संक्रमित भएको इपीडीमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (इडीसीडी)को तथ्यांक छ । 

    इडीसीडीका अनुसार जनवरीयता २४ सेप्टेम्बरसम्म २९ हजार ४६८ जना संक्रमित भएका छन् ।

    त्यसयताका तीन दिनमा तीन हजार ४२९ जना संक्रमित थपिएका छन् । सेप्टेम्बर २८ सम्म आइपुग्दा देशभर ३२ हजार ८९७ जनामा डेंगी पुष्टि भएको इडीसीडीको तथ्यांक छ । जसमा काठमाडौं उपत्यकामा मात्रै एक हजार १२१ जना संक्रमित भएका छन् । 

    सेप्टेम्बरका २७ दिनमा ११ हजार २०८ जना डेंगी संक्रमित थपिएका छन् । डेंगीबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend