राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको ५९ वर्षको उमेरमा शुक्रबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ।
राष्ट्रपति कार्यालयको कानुन महाशाखाका सहसचिव कार्कीको निधन भएको पुष्टि नर्भिक अस्पतालका कार्यकारी अधिकृत अजय मिश्रले गरेका छन्।
गम्भीर बिरामी परेपछि अस्पताल लगिएका कार्कीको बाटैमा निधन भएको थियो। नर्भिकले आवश्यक चेकजाँचपछि उनलाई मृत घोषणा गरेको थियो।
कार्कीले बिहीबार राति अस्वस्थ महसुस गरेर बान्ता गरेका थिए। कार्की गत असारदेखि राष्ट्रपति कार्यालय कानुन महाशाखामा थिए। त्यसपहिले उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।


