२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

माग पूरा नभए स्वास्थ्यकर्मीका संगठनहरूलाई आन्दोलनमा सहभागी हुन संघको आग्रह


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 9.6K
    SHARES

  • images
    माग पूरा नभए स्वास्थ्यकर्मीका संगठनहरूलाई आन्दोलनमा सहभागी हुन संघको आग्रह

    काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सकका माग तत्काल सम्बोधन नभए सम्पूर्ण स्वास्थ्यकर्मीका संगठनहरूलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ ।

    चिकित्सकहरूका माग सम्बोधन गर्न माग गर्दै संघले स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिद्वारा गरिएको मागहरु तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।

    “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ लाई लागु गर्दै उठाइएको मागहरू तत्काल सम्बोधन नभए सम्पूर्ण स्वास्थ्यकर्मीका संगठनहरूलाई यस कार्यक्रममा साथ दिन हार्दिक अपिल गर्दै थप आन्दोलनका कार्यक्रममा अझ सशक्त ढंगले सहभागी हुनसमेत अनुरोध गर्न चाहन्छौँ,” संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend