२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौति सिर्जना भयो : मन्त्री शर्मा


सञ्चार डबली
  • बिहीबार , असोज ११ २०८०
  • 9.2K
    SHARES

  • images
    सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौति सिर्जना भयो : मन्त्री शर्मा

    काठमाडौ, ११ असोज । भ्रमपूर्ण सूचना आतङ्क बृद्धि भएसँगै सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौति सिर्जना भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भनाई छ । ‘अनलाइन स्पेस’लाई सुरक्षित बनाउँदै सूचनाको संरक्षण र सही रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले सूचना प्रवाहलाई विश्वसनीय बनाउनुपर्ने बताइन् ।

    बिहीबार सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस २०८० का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवं मन्त्री शर्माले ‘अनलाइन स्पेस’को विकाससँगै भ्रमपूर्ण सूचना आतङ्क बढ्न थालेको दाबी गरिन् । 

    उनले भनिन्, ‘अनलाइन स्पेसको विकाससँगै भ्रमपूर्ण सूचना आतङ्क बढ्न थालेको छ । यो पनि  सूचनाको हकको सन्दर्भमा चुनौतिपूर्ण विषय हो । यसले नागरिकको सत्य जान्ने अधिकारलाई कुण्ठित गर्छ ।’

    मन्त्री शर्माका अनुसार ‘अनलाइन स्पेस’लाई सुरक्षित बनाउनको लागि कानुनी र संस्थागत प्रयास गरिरहेको छ । सरकारले पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा निती, २०८० जारी गरेको गरेको उनले जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend