२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

पहेंलो धातुसहित विमानस्थलबाट ४ जना पक्राउ


सञ्चार डबली
  • आइतबार, भदौ २४ २०८०
  • 9.4K
    SHARES

  • images
    पहेंलो धातुसहित विमानस्थलबाट ४ जना पक्राउ


    काठमाडौं, २४ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट २ थान र बेरुवा औंठी १ थान गरी जम्मा ८५ ग्रामसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–१ बस्ने २१ वर्षीय अनिश गुरुङ, २१ वर्षीय रोशन विश्‍वकर्मा, काठमाडौं महानगरपालिका–८ बस्ने ३० वर्षीय शनि देउला र मोरङ पथरी शनिश्‍चरे नगरपालिका–१ बस्ने ३८ वर्षीय कमल गुरुङ रहेका छन् ।

    हिमालय एयरको उडानद्वारा दोहाबाट काठमाडौं आएका अनिश र रोशनलाई उक्त परिमाणको धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छलि गर्न लगाई शनि देउला र कमल गुरुङले संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend