२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

टुकोनको राष्ट्रिय सम्मेलन सर्यो


सञ्चार डबली
  • आइतबार, भदौ २४ २०८०
  • 9.0K
    SHARES

  • images
    टुकोनको राष्ट्रिय सम्मेलन सर्यो


    काठमाडौंं, २४ भदौ । राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौंमा हुने भएको छ । टुकोनको हालै सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो ।

    चाडवाडको मुखमा सम्मेलन गर्दा दुरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरुको समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय सम्मेलनको मिति सारिएको टुकोनले जनाएको छ । ६६ जिल्लामा आफ्नो संगठन विस्तार गरेको महासंघले सो सम्मेलनमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले श्रमिकहरु सहभागी गराउने बताइएको छ ।

    महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा सम्पन्न सो बैठकले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, महंगी, भ्रष्टाचार, कुशासनलगायत विरुद्ध आगामी भाद्र २९ गते राप्रपा नेपालले आयोजना गर्ने विरोध प्रदर्शनमा ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) को सक्रिय सहभागिता रहने निर्णय गरेको छ ।

    श्रमिकहरुको हकहितको लागि निरन्तर संघर्षमा रहेको सो महासंघले श्रमिकहरुको न्यूनतम पारिश्रमिकको विभेद श्रमिकहरुको लागि न्यायोचित बृद्धि नभएको ठहर गर्दै मंहँगी, भ्रष्टाचार र बाँच्न पाउने अधिकारप्रति सम्बन्धित पक्षको उदासिनता विरुद्धमा देशव्यापी ‘श्रमिक जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।आगामी माघ महिनामा सम्पन्न गर्ने राष्ट्रिय सम्मेलनबाट श्रमिकप्रतिको न्यायपूर्ण प्रतिबद्धता समेत सार्वजनिक गर्र्ने महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend