२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सारुकको निधनबारे छानबिनको मागगर्दै काठमाडौंमा र्याली


सञ्चार डबली
  • शनिबार, भदौ २३ २०८०
  • 9.3K
    SHARES

  • images
    सारुकको निधनबारे छानबिनको मागगर्दै काठमाडौंमा र्याली


    काठमाडौं, २३ भदौ । कलाकार सारुक ताम्राकारको निधनबारे निष्पक्ष छानबिनको माग गर्दै उनका समर्थकहरुले शान्तिपूर्ण र्याली निकालेका छन् । कलाकार सारुकको निधन भएको दुई महिना भईसक्दा समेत सत्य तथ्य बाहिर नआएको भन्दै उनीहरुले ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन ¥यालीको आयोजना गरेका हुन् ।

    उक्त ¥यालीमा कलाकार जयकिशन बस्नेतले नेपाल प्रहरीले सारुकको मृत्यु प्रकरणको सत्य छिटोभन्दा छिटो बाहिर ल्याउँनु पर्ने बताएका छन् । उनले सबैको पहिलो माग भनेको सारुक ताम्राकारको मृत्यु किन र के कारणले भयो त्यसको सत्य सबै माझ आउनु पर्ने रहेको बताए ।

    उनले भने, ‘सारुक ताम्राकारको मृत्यु भएको २ महिना भईसकेको छ । तर उहाँको मृत्यु किन र कसरी भयो भन्ने कुराको अनुसन्धान भएको छैन् । हामी सबैको पहिलो माग भनेको सारुक ताम्राकार किन, के कारणले भयो त्यसको सत्य कुरा सबै माँझ आउँनु पर्यो । नेपाल प्रहरीलाई हामी सम्मान गर्छौ तर यो केशमा अझै पनि केही हुन सकेको छैन् यस प्रकरणको सत्य छिटोभन्दा छिटो बाहिर आउँनु पर्यो ।’

    यस्तै, प्रदर्शनमा सहभागी रवी गुरुङ्ले प्रहरीले आफ्नो काम गर्ने विश्वास लिएको भन्दै ढिलै भएपनि सत्य बाहिर आउने अपेक्षा सुनाए ।नले भने, ‘प्रहरीले आफ्नो काम गर्नु भएको छ भन्ने विश्वास छ, सत्य बाहिर आउँछ ढिलो चाडो मात्रै हो । यसको लागि सम्बन्धित सरोकारवालहरुसँग छलफल गर्ने छौ ।’
    सारुकको मृत्यु प्रकरणको छानबिन् होस्, त्यसै ढाकछोप नपारियोस्, आमाले छोराको न्याय मागिरहेकी छिन् भन्ने नाराका साथ ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिन गर्न उनका परिवार र समर्थकले सरकार आग्रह गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend