२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सर्लाही सदरमुकामा मलगंवामा आज साँझदेखि कर्फ्यु


सञ्चार डबली
  • शनिबार, भदौ २३ २०८०
  • 9.6K
    SHARES

  • images
    सर्लाही सदरमुकामा मलगंवामा आज साँझदेखि कर्फ्यु


    काठमाडौं, २३ भदौ । सर्लाही सदरमुकामा आज कफ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू आदेश जारी गरेको हो । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि स्थीतिलाई नियन्त्रणमा लिनका लागिग कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए ।

    उनका अनुसार आज साँझ पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि बिहान ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो ।

    सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरे पनि अवस्था नियन्त्रणमा नआए पछि कफ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिए ।यद्धपी, जिल्ला प्रशासन कार्यालयले आज दिउँसो सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend