२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको छ :  अर्थमन्त्री महत


सञ्चार डबली
  • बिहीबार , भदौ २१ २०८०
  • 11.3K
    SHARES

  • images
    समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको छ :  अर्थमन्त्री महत

     

    काठमाडौं, २१ भदौ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको दाबी गरेका छन् । संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपालको शेयर मार्केटमा पनि विस्तारै सुधार देखिने दाबी गरे ।

    प्रेम सुवाल शेयर लगानीबारे सोधेको प्रश्नको जवाफमा अर्थमन्त्री महतले सकैलाई जुन सुकै क्षेत्रमा लगानी गर्न अधिकार रहेको भन्दै त्यसलाई रोक्न नसकिने तर व्यवस्थित गर्न प्रयास भइरहेको तर्क गरे ।

    पछिल्लो समय विस्तारै अर्थतन्त्रमा सुधार हुदै गएको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको बताए । ‘अहिले समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालेका छन् । टुरिष्ट एराईभलको कारणले होटल रेष्टुरेन्ट सेवा क्षेत्रमा पनि सकरात्मक प्रभाव पर्न थालेको छ । हाम्रो बजेट खर्च हुन थालेको छ । त्यसले पनि सकरात्मक प्रभाव परेको छ । ’ उनले भने ‘ हाम्रो अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान भएपछि शेयर मार्केट पनि चलायमान हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend