२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सरकारी पदमा बसेर निजी क्षेत्रलाई पोस्ने सरकारी नीति हो ?–सांसद परियार


सञ्चार डबली
  • बिहीबार , भदौ २१ २०८०
  • 9.4K
    SHARES

  • images
    सरकारी पदमा बसेर निजी क्षेत्रलाई पोस्ने सरकारी नीति हो ?–सांसद परियार


    काठमाडौ, २१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सरकारी पदमा बसेर नीति क्षेत्रलाई पोस्ने सरकारी नीति हो भन्दै शिक्षा मन्त्रीलाई प्रश्न सोधेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसद परियारले, विश्वविद्यालयमा बसेर सरकारी सेवा सुविधा लिने र निजी क्याम्पस चलाउने प्रवृत्ति घातक रहेको बताए ।

    ‘सरकारको पदमा बसेर त्रिभुवन विश्वविद्यालयमा बसेर शिक्षा फैलाउनुको सट्टा बाहिर निजी क्षेत्रमा कलेज संचालन गर्ने अनि अनुगमन पनि आफैं जाने अन्य कलेजलाई त्यसको अध्ययन अध्यापनको बारेमा कुनै पनि अनुगमन नगर्ने ।’ उनले भने ‘ शिक्षा क्षेत्रलाई यसरी अगाडी बढाउने यो कहाँको नीति हो ? शिक्षा मन्त्रीलाई मेरो प्रश्न । ’

    शिक्षामा भएको चरम राजनीतिका कारण त्रिभुवन विश्वविद्यालय सखाप भएको उनको भनाई छ । विश्वविद्यालय अन्तरगतका संस्थाहरुमा बस्ने र बाहिर निजी क्षेत्रलाई पोस्ने हो भने हामीले भनेको समाजवादले कहाँ लान्छ ? उनको प्रश्न छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend