२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

उद्योग मन्त्री रिजाल र राजदूत फेनबीच भेटवार्ता


सञ्चार डबली
  • बिहीबार , भदौ २१ २०८०
  • 9.8K
    SHARES

  • images
    उद्योग मन्त्री रिजाल र राजदूत फेनबीच भेटवार्ता


    काठमाडौ, २१ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको उद्योगमन्त्री रिजालको सचिवालयले जनाएको छ ।

    बेलायतले अति कम विकसित मुलूकका उत्पादित वस्तुलाई सहुलियतपूर्ण बजार पहुँच प्रदान गर्न लागु गर्दै आएको डेभलपिङ कन्ट्रिज ट्रेडिङ स्किम (डिसिटिएस) कार्यक्रमबाट नेपालको निर्यात प्रर्वद्धनमा सहयोग पुगेको भन्दै डिसिटिएस सुविधालाई थप केही वर्षसम्म निरन्तरता दिन मन्त्री रिजालले बेलायत सरकारसँग अनुरोध गरेका छन् ।

    भेटमा मन्त्री रिजालले नेपाल र बेलायतबीच रहिआएको पुरानो कुटनीतिक एवम् मैत्री सम्बन्धलाई थप विस्तार गर्ने बताएको सचिवालयले जानकारी गराएको छ । ‘राजदूत फेनको कार्यकालमा दुई मुलुकबीचको सम्बन्धका आयामहरु थप विस्तार हुँदै जानेमा आफु विश्वस्त रहेको समेत मन्त्रि रिजालले स्पष्ट पार्नु भयो ।

    नेपाल–बेलायत मैत्री सन्धि सम्पन्न भएको एक सय वर्ष पुगेको सन्दर्भमा सन् २०२३ लाई दुई मुलुकबीचको सम्बन्धको लागि विशेष वर्षको रुपमा रहेको भन्दै मन्त्री रिजालले बेलायतले नेपालको प्रमुख विकास साझेदारको रुपमा रहँदै मानव विकास, आर्थिक विकास, सुशासन एवम् मानवीय सहायताको आयाममा निरन्तर सहयोग प्रदान गर्दै आएकोमा कृतज्ञता व्यक्त गर्नु भयो ।’ सचिवालयले उल्लेख गरेको छ । भेटका क्रममा राजदूत फेनले दुई देशबीचको सम्बन्ध विस्तार गरी थप मजबुत बनाउने र थप सहयोग र सहकार्यमा आफ्नो जोड रहने बताएका छन

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend