२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

भाइरल निमोनियाबाट वडाध्यक्ष रिजालको निधन भएको अस्पतालद्वारा पुष्टि


सञ्चार डबली
  • बिहीबार , भदौ २१ २०८०
  • 11.9K
    SHARES

  • images
    भाइरल निमोनियाबाट वडाध्यक्ष रिजालको निधन भएको अस्पतालद्वारा पुष्टि


    काठमाडौ, २१ भदौ । काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालले पुष्टि गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा.विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी रिजाललाई भाइरल निमोनिया रहेको जानकारी दिएका छन् ।

    रिजाल भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएको डाक्टर बिजुक्छेद्वारा विज्ञप्तिमा उल्लेख छ ।सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर देखिएको चिकित्सकको भनाई छ । काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend