२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बलात्कारको आरोपमा ३ जना पक्राउ


सञ्चार डबली
  • बिहीबार , भदौ २१ २०८०
  • 8.9K
    SHARES

  • images
    बलात्कारको आरोपमा ३ जना पक्राउ
     

    काठमाडौं, २१ भदौ । देशका विभिन्न स्थानबाट तीनजना पक्राउ परेका छन् ।बर्दियाको ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपपालिका-९ माछागढ बस्ने ३९ वर्षीय  शेर बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

    थापाले ती महिलालाई बारबर्दिया नगरपालिका-४ सिटीबरेलीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    रूपन्देहीको १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-२ सिमानगर बस्ने ५४ वर्षीय गणेश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले ती बालिकालाई गत आइतबार बुटवल उपमहानगरपालिका-४ तिनाउखोलाको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा नगर प्रहरी कार्यालय योगीकुटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

    भोजपुरको १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टेम्केमैयुम गाउँपालिका-२ घुप्कालुङ बस्ने ५० वर्षीय कृष्ण राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend