२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

जोशी हाइड्रोपावरले बोलायो एजीएम


सञ्चार डबली
  • बिहीबार , भदौ २१ २०८०
  • 9.5K
    SHARES

  • images
    जोशी हाइड्रोपावरले बोलायो एजीएम
    काठमाडौ, २१ भदौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अघिल्लो आर्थिक वर्ष (२०७/७९) को वार्षिक साधारण सभा भदौ ३१ गते बोलाएको छ ।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.६५ अनुपात (६५प्रतिशत ) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्ने भएको छ । 

    हकप्रद निष्कासनपश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा गरेको छ । सभा लिसारा बेंक्वेट हल, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

    साधारण सभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज हुने भएकाले भदौ १७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । हाल जोशीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा प्रस्तावित ६५ प्रतिशत हकप्रद सेयर जारी भएमा चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।


    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend