२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज


सञ्चार डबली
  • बिहीबार , भदौ २१ २०८०
  • 10.2K
    SHARES

  • images
    क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज


    काठमाडौं, २१ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।

    भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो

    पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइए पछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न पुनः आदेश दिएको हो । सोही आदेश अनुसार आएको प्रमाणका आधारमा आजको पेशीमा छलफल हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend