२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राज्यको एकल प्रयासले मात्र राष्ट्रका समस्याको समाधान सम्भव छैन : मन्त्री आचार्य


सञ्चार डबली
  • बुधबार, भदौ २० २०८०
  • 9.4K
    SHARES

  • images
    राज्यको एकल प्रयासले मात्र राष्ट्रका समस्याको समाधान सम्भव छैन : मन्त्री आचार्य

     

    काठमाडौं, २० भदौ । राज्यको एकल प्रयासले मात्र  राष्ट्रका हरेक समस्याको समाधान सम्भव नहुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बताएका छन् ।

    आज काठमाडौंमा आयोजित मानव बेचबिखन विरुद्धको सत्रौं राष्ट्रिय दिवस मूल समारोहमा उनले मानव बेचविखन जस्ता अपराधहरु नियन्त्रणको लागि राज्यको सबै संयन्त्र शसक्त भएर लाग्नु पर्ने बताएका हुन् ।

    त्यसका लागि निजी क्षेत्र तथा आम नागरिकको पनि सहयोग आवश्यक हुने उनको भनाई छ । ‘राज्यको एकल प्रयासले मात्र मानव बेचबिखन जस्ता अपराध नियन्त्रण हुन नसक्ने हुँदा विभिन्न समाजिक संघसंस्था, गैर सरकारी संस्था, निजि क्षेत्रको अहम भुमिका रहन्छ । ’

    उनले सामाजिक संञ्जालको दुरुपयोग र वैदेशकि रोजगारको बढ्दो प्रवृत्तिका कारणले अपेक्षीत रुपमा यस्ता अपराधहरु समाधान हुन नसकेको बताए । नेपाल सरकार मानव बेचबिखन नियन्त्रणमा पूर्ण सक्र्रिय रहेको र यसको नियन्त्रणको लागि सम्बन्धित स्टेक होल्डरसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend