२०८३, कात्तिक ३० गते

images
Logo

Nov 16 2026 | २०८३, कात्तिक ३० गते

images
  • सोमबार, कात्तिक ३० २०८३

कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो


सञ्चार डबली
  • आइतबार, कात्तिक २९ २०८३
  • 1.0K
    SHARES

  • कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।

    प्लेअफको दौडबाट बाहिरिएको कर्णाली याक्सले यस सिजनको अन्तिम खेलमा सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको अन्त्य गरेको छ । 

    कर्णालीले दिएको १५४ रनको लक्ष्य पछाएको चितवनले १९.१  ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो । चितवनका लागि कमिल मिशाराले २५, उसमा मिरले २८, देव खनालले १४ रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर हुसैन तलतले ३ विकेट लिए भने मार्क वाट र पवन सराफले २-२ तथा सोमपाल कामीले एक विकेट लिए ।   

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउदै १५३ रन बनाएको थियो । कर्णालीका लागि हुसैन तलतले सर्बाधिक अविजित ५१ रन बनाए भने अरिफुल इस्लामले ३५ रन बनाएका थिए । त्यस्तै गुलशन झाले १८ र पवन सराफले १५ रन बनाएका थिए ।  त्यस्तै चितवनका बलर कमल सिंह ऐरी, सलाहुद्धीन खान र उसमा मिरले २-२ विकेट लिएका थिए । 

    यो हारपछि पनि चितवन भने यसअघि नै प्लेअफमा पुगेको छ र चितवन अब चौथो स्थानमै रहेर इलिमिनेटर खेल्ने छ । 

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend