२०८३, कात्तिक ३० गते

images
Logo

Nov 16 2026 | २०८३, कात्तिक ३० गते

images
  • सोमबार, कात्तिक ३० २०८३

काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिम एनपीएलको प्लेअफमा


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २७ २०८३
  • 2.1K
    SHARES

  • काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

    काठमाडौं- काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७ रनले पराजित गर्‍यो ।

    सुदूरपश्चिमले दिएको १ सय २६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको काठमाडौं सबै ओभर खेलेर ७ विकेट गुमाउँदै १ सय १८ रनमा समेटियो ।

    काठमाडौंका लागि रशिद खानले सर्वाधिक ३५ रन बनाए । ३१ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे । यसैगरी, दुशन हेमन्थाले १८ बलमा २१ रन बनाए । त्यस्तै, साम हेजलेट र सन्तोष यादवले क्रमशः ११ र १० रन बनाए ।

    बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ तथा स्कट कुगलाइन, हेमन्त धामी र फाबियान एलेनले समान एक विकेट लिए ।

    यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो ।

    सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । चार विकेट गएर मात्र आठ रन जोडेको अवस्थामा ब्याटिङ गर्न पुगेका दिपेन्द्रले सम्हालिएर प्रदर्शन गरेका हुन् ।

    दीपेन्द्रले ५५ बलको सामना गर्दा पाँच चौका र दुई छक्काको मद्दतमा ६० रन बनाए ।

    उसका लागि थरिन्दु रत्नायकेले नटआउट २६ रन बनाए भने आरिफ शेखले १६ रन जोडे । सुदूरपश्चिमका ओपनर स्कट कुगेलेइन ६, विनोद भण्डारी १ रनमा आउट हुँदा ब्रान्डम माकमुलेन र इशान पाण्डे शून्यमै आउट भए ।

    सुदूरपश्चिमलाई सस्तैमा समेट्न काठमाडौँका लागि जहानद खानले तीन विकेट हात पार्दा सन्तोष यादवले दुई विकेट लिए । अन्य कुनै पनि बलरले विकेट हात पार्न सकेनन् ।

    यस जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । ७ मध्ये ५ खेल जितेको सुदूरपश्चिमको १० अंक छ । ६ खेलबाट एक अंक कम रहेको लुम्बिनी दोस्रो स्थानमा छ ।

    लुम्बिनी पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

    ६ खेल खेलिसकेको काठमाडौं ८ अंकका साथ तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको विराटनगर किंग्सको ६ खेलबाट ६ अंक छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend