काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आज बिहान करिब १०:५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ की ३१ वर्षीया बिन्दा थापा मगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापा मगर घाइते भएका थिए ।
तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

