२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

भारतको बनगाउँ बजारमा भीषण आगलागी, ६० पसल जलेर नष्ट


सञ्चार डबली
  • सोमबार, कात्तिक २३ २०८३
  • 1.8K
    SHARES

  • भारतको बनगाउँ बजारमा भीषण आगलागी, ६० पसल जलेर नष्ट

    कैलालीको धनगढीसँग सीमाना जोडिएको भारतको बनगाउँ बजारमा आइतराबार राती भीषण आगलागी भएको छ ।

    नेपाली ग्राहकलाई लक्षित गरेर सञ्चालित भारतको लखिमपुर जिल्ला कजरिया पञ्चायत अन्तरगत बनगाउँ बजारमा भएको आगलागीका कारण ६० वटा पसल जलेर ध्वस्त भएका स्थानीको भनाई छ ।

    व्यवसायी दीपक अग्रवालका अनुसार एक भाँडा पसलमा विद्धुतको तार सर्ट भएर बेलुका ७ बजेको समयमा आगलागी सुरु भएको थियो । सो आगो समयमै नियन्त्रण गर्न नसक्दा बजार भर फैलिएको उनले बताए ।

    धनगढी उप महानगरपालिकाबाट दुईवटा दम्कल, नेपाली सुरक्षा कर्मी, भारतीय सुरक्षा कर्मी र स्थानीयको प्रयास पछि राती ११ बजे तिर आगो नियन्त्रणमा आएको अग्रवालले बताए । बनगाउँ बजारबाट भारतको पलिया बजार करिब ५० किलो मिटर टाढा रहेको छ । पलियाबाट दम्कल आउन ढिलाइ हुने भएका कारण आफुहरूले धनगढीलाई दम्कल सहयोग मागेको अग्रवालको भनाई छ ।

    आगलागीका कारण ५० देखि ७० करोड मूल्य बराबरको क्षति भएको स्थानीय व्यवसायी अङ्कित गुप्ताले बताए । एक आपसमा टाँस्सियर पसल बनेका कारण आगो नियन्त्रणमा समस्या भएको उनी बत्ताउँछन् । बन गाउँ बजारमा बिहानै देखि सामान किनमेल गर्ने नेपालीको भीड लाग्ने गर्दछ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend