२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु


सञ्चार डबली
  • आइतबार, कात्तिक २२ २०८३
  • 1.7K
    SHARES

  • सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    काठमाडौं । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

    इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्प नजिक शनिबार राति ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार राति करिब ११ः५० बजे कोसी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।

    मृतक दुवैजनाको पहिचान खुल्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend