२०८३, कात्तिक १९ गते

images
Logo

Nov 05 2026 | २०८३, कात्तिक १९ गते

images
  • बिहीबार , कात्तिक १९ २०८३

निवर्तमान आईजीपी दानबहादुर कार्की पुनर्वहालीको मागसहित सर्वोच्च जाँदै


सञ्चार डबली
  • बिहीबार , कात्तिक १९ २०८३
  • 979
    SHARES

  • निवर्तमान आईजीपी दानबहादुर कार्की पुनर्वहालीको मागसहित सर्वोच्च जाँदै

    काठमाडाैं। बुधबार जिम्मेवारीबाट हटाइएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पुनर्वहाली माग गर्दै सर्वोच्च अदालत जाँदैछन् ।

    कार्की निकट एक कानुन व्यवसायीले बताएअनुसार पदमा बहाली रहेको प्रहरी कर्मचारीलाई बिनाकारण जिम्मेवारीबाट हटाउनु प्रहरी ऐनविपरीत भएको भन्दै पुनर्वहाली माग गरिँदैछ ।

    प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ ले गरेको व्यवस्थाअनुसार प्रहरी महानिरीक्षकको सेवा अवधि, पदावधि र उमेर हद गरी तीनवटै प्रावधानले कार्कीलाई पदबाट हटाउने अधिकार नदिइएको दावी रिट निवेदनमा गरिएको छ ।

    कार्की नेपाल प्रहरी सेवामा २०५४ चैत १८ गते प्रवेश गरेका हुन् । प्रहरी नियमावलीले प्रहरी महानिरीक्षकका हकमा ३० वर्षको सेवा अवधी तोकेको छ । उमेर हद ५८ वर्ष छ । कार्कीको जन्ममिति २०२९ साउन १५ का आधारमा ५४ वर्ष पुगेका छन् । कार्यकाल ४ वर्ष तोकिएको छ । उनी महानिरीक्षक नियुक्त भएको कात्तिक २७ मा एक वर्ष पुग्छ ।

    कार्कीको मुद्दामा अधिवक्ता टीकाबहादुर कुवँर र गोविन्द बन्दीसहितका कानुन व्यवसायीले बहस गर्ने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend