२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँचको अवस्था गम्भीर


सञ्चार डबली
  • बुधबार, कात्तिक १८ २०८३
  • 1.5K
    SHARES

  • बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँचको अवस्था गम्भीर

    धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

    आज बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ को काँडाचौरतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा पाँच जना गम्भीर र एक जना मध्यम घाइते भएका छन् । गम्भीर घाइते हुनेमा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी रहेका छन् ।

    त्यस्तै, केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते भएकी छन् । प्रहरीका अनुसार चालक बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको जिपको भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

    दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend