२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

आज दिउँसाे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै


सञ्चार डबली
  • बुधबार, कात्तिक १८ २०८३
  • 1.4K
    SHARES

  • आज दिउँसाे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि छलफल गर्ने भएको छ ।

    समितिले आज दिउँसो १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको समिति कक्षमा बैठक बोलाएको छ । बैठकमा मेलमिलापसम्बन्धी विधेयकमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ । 

    छलफलका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, कानुन मन्त्रालयका सचिव, सर्वोच्च अदालत तथा महान्यायाधिवक्ताको कार्यालयका रजिस्ट्रारहरू, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख र काठमाडौं जिल्ला अदालतका श्रेस्तेदारलाई आमन्त्रण गरिएको छ ।

    समितिका सचिव रामहरि थापाले बैठकमा उपस्थितिका लागि समिति सदस्य तथा सम्बन्धित सरोकारवालालाई अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend