२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

सोलुमा दुई हेलिकोप्टर आपसमा ठोक्किए, एक विदेशीको मृत्यु


सञ्चार डबली
  • मंगलबार, कात्तिक १७ २०८३
  • 1.7K
    SHARES

  • सोलुमा दुई हेलिकोप्टर आपसमा ठोक्किए, एक विदेशीको मृत्यु

    काठमाडौं । सोलुको लुक्लाभन्दा माथि फेरिजिम क्षेत्रमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मंगलबार बिहान करिब ८ः१५ बजे फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने उक्त स्थानमा दुर्घटना भएपछि नजिकैको अस्थायी प्रहरी टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरले जानकारी दिएका छन् ।

    उनका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको खबर प्राप्त भएको छ भने अर्का घाइतेको उद्धार भइरहेको छ । घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गर्ने काम भइरहेको उनले बताए ।

    मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ । दुर्घटनाबारे थप जानकारी संकलन गर्न लुक्लाबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend