२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर


सञ्चार डबली
  • सोमबार, कात्तिक ९ २०८३
  • 2.3K
    SHARES

  • यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुवेती दिनार र बहराइन दिनारको भाउ स्थिर रहँदा युरो र अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्रा महँगिएका छन्। पाउन्ड स्ट्रलिङसहित केही मुद्राको भाउ भने घटेको छ।

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा कायम छ। अमेरिकी डलरको यो दर लगातार तेस्रो दिन स्थिर रहेको हो। अमेरिकी डलरको विनिमयदर गत जेठ ७ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यस दिन डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम भएको थियो।

    आज युरो १ को खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा कायम भएको छ। हिजो युरोको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा थियो। युरोको भाउ दुवै दरमा ५ पैसा बढेको छ।

    त्यस्तै, आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९ पैसा छ। हिजोको तुलनामा अस्ट्रेलियन डलरको खरिददर २९ पैसा र बिक्रीदर २८ पैसा बढेको छ। पाउन्ड स्ट्रलिङ १ को खरिददर आज २०२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा कायम छ। हिजोको तुलनामा पाउन्डको खरिददर र बिक्रीदर दुवै १२ पैसा घटेको छ।

    कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा कायम छ। बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा छ। यी दुवै मुद्राको विनिमयदर अघिल्लो दिनकै स्तरमा रहेको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा परिवर्तन हुन सक्नेछ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend