२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

धनुषामा श्रीमान्–श्रीमती मृत फेला


सञ्चार डबली
  • आइतबार, कात्तिक ८ २०८३
  • 1.4K
    SHARES

  • धनुषामा श्रीमान्–श्रीमती मृत फेला

    धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिकामा श्रीमान्श्री–मती मृत अवस्थामा फेला परेका छन् भने उनीहरूका चार वर्षीय छोरा हतियार प्रहारबाट घाइते भएका छन् ।

    मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको आशङ्का गरिएको छ । उनको घाँटीमा धारिलो हतियारको गम्भीर घाउ भेटिएको प्रहरीले जनाएको छ ।

    यस्तै, उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरभन्दा करिब एक किलोमिटर टाढा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । वैदेशिक रोजगारीबाट केही दिनअघि मात्रै घर फर्किएका मिथिला बिहारी नगरपालिका–४ भरतपुरका उमेश आइतबार मात्रै ससुराली पुगेका थिए ।

    घटनामा मृतक दम्पतीका चार वर्षीय छोरासमेत घाइते अवस्थामा भेटिएका छन् । उनको तिघ्रामा धारिलो हतियार प्रहारको घाउ रहेको र उपचार भइरहेको छ ।

    धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले घटनाको प्रकृति अत्यन्तै शंकास्पद रहेको र प्रहरी टोलीले घटनास्थलमा पुगेर सुक्ष्म अनुसन्धान सुरु गरिसकेको जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend