२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

अर्घाखाँची सिमेन्ट एनपीएल सिजन-३ को आधिकारिक साझेदार


सञ्चार डबली
  • शुक्रबार, कात्तिक ६ २०८३
  • 1.8K
    SHARES

  • अर्घाखाँची सिमेन्ट एनपीएल सिजन-३ को आधिकारिक साझेदार

    काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को आधिकारिक साझेदार बनेको छ । नेपाली क्रिकेटको विकास, नयाँ प्रतिभाको प्रोत्साहन तथा राष्ट्रिय खेलकुदको प्रवर्धन गर्ने उद्देश्यसहित कम्पनीले एनपीएलसँग साझेदारी गरेको हो ।

    'क्रिकेटको अझ बृहत् यात्राका लागि बलियो साझेदारी' भन्ने सन्देशसहितको यस सहकार्यले नेपाली क्रिकेटप्रतिको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    नेपालमा क्रिकेटप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । विशेषगरी नेपाल प्रिमियर लिगले देशभित्रका प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै घरेलु क्रिकेटलाई थप प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

    एनपीएलको तेस्रो सिजनमा आधिकारिक साझेदारका रूपमा जोडिएसँगै अर्घाखाँची सिमेन्टले पनि नेपाली क्रिकेटको विकास र विस्तारमा योगदान पुयाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    अर्घाखाँची सिमेन्ट लिमिटेड नेपाली निर्माण क्षेत्रमा परिचित नाम हो । गुणस्तरीय निर्माण सामग्री उत्पादन तथा आपूर्तिमार्फत आफ्नो पहिचान स्थापित गर्दै आएको कम्पनीले यस साझेदारीलाई खेलकुद क्षेत्रसँगको सम्बन्ध विस्तार गर्ने र नेपाली समुदायसँग थप नजिकिने अवसरका रूपमा लिएको छ ।

    खेलकुदले मानिसलाई एकताबद्ध बनाउने, प्रतिस्पर्धात्मक भावना विकास गर्ने र नयाँ सम्भावनाको खोजी गर्न प्रेरित गर्ने विश्वासका साथ कम्पनीले नेपाली क्रिकेटको बढ्दो यात्रामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेको छ । एनपीएलसँगको यस सहकार्यले क्रिकेटप्रेमी, खेलाडी तथा समग्र खेलकुद क्षेत्रसँग कम्पनीको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

     

    नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा अर्घाखाँची सिमेन्टको आधिकारिक साझेदारीले नेपाली क्रिकेटको लोकप्रियता अभिवृद्धि गर्न, उदीयमान खेलाडीको प्रतिभालाई प्रोत्साहन गर्न तथा घरेलु क्रिकेटको विकासमा सकारात्मक योगदान पुयाउने विश्वास कप्पनीले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend