२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र: भारतीय विदेश सचिव


सञ्चार डबली
  • शुक्रबार, कात्तिक ६ २०८३
  • 2.1K
    SHARES

  • प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र: भारतीय विदेश सचिव

    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । उच्च स्रोतका अनुसार तिहारअघि नै मिश्रीको नेपाल भ्रमण गराउने तयारी भइरहेको छ ।

    प्रधानमन्त्री शाहले २३ देखि २५ नोभेम्बरसम्म भारत भ्रमण गर्ने निश्चित भएपछि त्यसको तयारीका लागि मिश्री नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री बालेनको भ्रमणलाई व्यवस्थित बनाउन नेपाल र भारतका अधिकारीहरू आवश्यक तयारीमा जुटेका छन् ।

    मिश्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यसूची, द्विपक्षीय भेटवार्ता तथा भ्रमणसँग सम्बन्धित अन्य आवश्यक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

    प्रधानमन्त्रीको भारत भ्रमणअघि हुन लागेको विदेश सचिव मिश्रीको नेपाल भ्रमणलाई भ्रमणको तयारी र २ देशका अधिकारीबिच आवश्यक समन्वय गर्ने अवसरका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend