२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपाली सहित दुईको मृत्यु


सञ्चार डबली
  • बिहीबार , कात्तिक ५ २०८३
  • 2.4K
    SHARES

  • साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपाली सहित दुईको मृत्यु

    काठमाडौँ । साउदी अरबमा साउदी अराम्कोको तेल प्रशोधन केन्द्रमा खसेको ड्रोनका अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको छ ।

    बुधबार भएको घटनामा एक फिलिपिनी नागरिकको पनि मृत्यु भएको छ भने भारतीयसहित दुई जना घाइते भएका छन् ।

    साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्सको सीमाना नजिक रहेको शैबाह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई आकाशमै रोकिएको थियो । त्यसपछि खसेका अवशेष तेल केन्द्रमा लाग्दा दुई जनाको मृत्यु भएको हो ।

    घटनामा घाइते हुनेमध्ये एक जना भारतीय र अर्का पाकिस्तानी नागरिक रहेको जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend