२०८३, कात्तिक २६ गते

images
Logo

Nov 12 2026 | २०८३, कात्तिक २६ गते

images
  • बिहीबार , कात्तिक २६ २०८३

साउदी अरबमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु


सञ्चार डबली
  • आइतबार, कात्तिक १ २०८३
  • 2.1K
    SHARES

  • साउदी अरबमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु

    काठमाडौँ । साउदी अरबको नजरान क्षेत्रमा प्राविधिक खराबीका कारण एएच–६आई हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ ।

    साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मालिकीले आइतबार दुर्घटनाको पुष्टि गरेका हुन् । यमनका हुथी समूहले शनिबार साउदीको अपाचे हेलिकोप्टर खसालेको दाबी गरे पनि साउदी पक्षले त्यसको खण्डन गरेको छ ।

    पछिल्ला साताहरूमा हुथी समूहले साउदी अरबमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र पारेपछि क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । साउदी अरबले शनिबार पनि ड्रोन आक्रमणको नयाँ लहर विफल पारेको जनाएको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले साउदी अरबको सुरक्षाका लागि आवश्यक कदम चाल्न आफ्नो देश तयार रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend