२०८३, कात्तिक २६ गते

images
Logo

Nov 12 2026 | २०८३, कात्तिक २६ गते

images
  • बिहीबार , कात्तिक २६ २०८३

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न


सञ्चार डबली
  • आइतबार, असोज २५ २०८३
  • 3.8K
    SHARES

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा आज मिति २०८३ असोज २३ गते शुक्रबारका दिन आदरणीय शेयरधनी महानुभावहरुको उत्साहजनक उपस्थितिमा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ । 

    बैंक सञ्चालक समितिका अध्यक्ष श्री महेश प्रसाद दहालज्यूको अध्यक्षतामा सम्पन्न उक्त सभामा बैंक सञ्चालक समितिका सदस्यहरु श्री बन्धु प्रसाद बाँस्तोला,  सुरेन्द«राज रेग्मी, दिपक कुमार अग्रवाल, विशाल उप्रेती, डा.मनिष थापा र अनिता रायमाझी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी लगायत शेयरधनीहरु तथा सम्बन्धित पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 

    उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालज्यूले बैंकले समिक्षा अवधि सम्म हासिल गरेका उपलब्धिहरु, चालु आ.व.को लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे शेयरधनी महानुभावहरुलाई जानकारी गराएका थिए । 

    उक्त सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांस लगायत सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । 

    आदरणीय शेयरधनी महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको आजको साधारण सभामा शेयरधनी महानुभावहरुले बैंकको व्यवसायिक गतिविधिमा केन्द्रित भई लगानीकर्ताको प्रतिफललाई बढोत्तरी गर्ने लगायत आगामी दिनहरुमा बैंक भित्र संस्थागत सुशासन, पारदर्शिता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्दै बैंकलाई सबल वित्तीय संस्थाको रुपमा स्थापित गर्दै लैजानुपर्नेमा विशेष जोड दिदै अ–आफ्ना भनाई÷सुझावहरु राख्नुभएको थियो । बिहान ९ः०० बजे सुरु भएको सभा करिब १२ः०० बजे तिर सफलताका साथ सु–सम्पन्न भयो । 

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend