२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

‘कालो कपाल भएकाले पनि देश बनाउने छनक देखाएनन्’ : रेशम चौधरी


सञ्चार डबली
  • आइतबार, असोज १८ २०८३
  • 2.7K
    SHARES

  • ‘कालो कपाल भएकाले पनि देश बनाउने छनक देखाएनन्’ : रेशम चौधरी

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले नयाँ पुस्ताका नेताहरूबाट पनि देश निर्माणको अपेक्षाअनुसारको संकेत नदेखिएको बताएका छन् ।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चौधरीले विगतमा कपाल फुलेका नेताहरूले देश बिगारेको आरोप लाग्ने गरेको स्मरण गरे । तर अहिले कालो कपाल र जुंगा भएका नेताहरूबाट पनि देश बनाउने स्पष्ट संकेत नदेखिएको उनको टिप्पणी थियो । 

    कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्दै उनले आफू थापामाथि विश्वास गर्ने व्यक्ति भएको बताए । ‘हिजो कपाल फुलेर आफूलाई युवा भन्ने नेताहरूले देश बिगारे भनिन्थ्यो, अहिले कालो कपाल भएका नेताहरूले पनि देश बनाउने छनक देखाएका छैनन्,’ उनले भने ।

    यद्यपि, आधा कपाल फुलेको र गगन थापाजस्तो केही कपाल तथा दाह्री फुलेको पुस्ताले भने देश बनाउने विश्वास आफूले राखेको चौधरीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend