२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

श्री डिष्टिलरी आईपीओ निष्कासनको तयारीमा, असोज २६ मा डाक्यो साधारण सभा


सञ्चार डबली
  • सोमबार, असोज ५ २०८३
  • 1.4K
    SHARES

  • images
    श्री डिष्टिलरी आईपीओ निष्कासनको तयारीमा, असोज २६ मा डाक्यो साधारण सभा

    काठमाडौँ । श्री डिष्टिलरी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले आगामी असोज २६ गते काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

    सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको कम्पनीको सभामा आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव अनुमोदनका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सो अवधिको वित्तीय विवरण पारित गर्ने कार्यसूची छ ।

    कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

    साधारण सभाबाट आवश्यक प्रस्ताव पारित भएपछि कम्पनीले नियामकीय प्रक्रिया पूरा गर्दै आईपीओ निष्कासनको तयारीलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend