२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो


सञ्चार डबली
  • बिहीबार , भदौ २५ २०८३
  • 1.5K
    SHARES

  • images
    आज पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १३.८५ अंकले घटेर २ हजार ५ सय ३१.५५ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने २१८ कम्पनीको सेयर मूल्य घटेको छ ।

    आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ३ अर्ब ८१ करोड ३७ लाख ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा लिबर्टी इनर्जीका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता रहेका छन् । यसको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend