काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २ हजार ५ सय ९४.२७ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८७ कम्पनीको मूल्य घटेको छ ।
आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार ३ अर्ब २३ करोड ९७ लाख ६० हजार बराबरको सेयर किनबेच भएको थियो ।
आज सबैभन्दा धेरे कमाउनेमा सर्वोत्तम पेन्ट्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा धौलागिरी लघुवित्तका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्य १०.७ प्रतिशतले घटेको छ ।


