२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङ बीच व्यवसायिक सम्झौता


सञ्चार डबली
  • सोमबार, भदौ ८ २०८३
  • 2.9K
    SHARES

  • मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङ बीच व्यवसायिक सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. बीच टाटाको पिकअप तथा साना व्यवसायिक सवारी साधन खरिद गर्नका लागि कर्जा लगानी गर्ने समझदारीपत्र (MOU) मा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री तारा मानन्धर र सिप्रदीको तर्फबाट Vice President श्री सौरभ राज थपलियाले हस्ताक्षर गर्नुभएको छ ।

    सम्झौता अनुसार सिप्रदी ट्रेडिङको अधिकृत डिलरहरु मार्फत टाटा ब्राण्डको पिकअप तथा व्यावसायिक साना सवारी साधन खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ विकास बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत व्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने छ । सम्झौता अनुसार EV गाडी तर्फ ६० प्रतिशत तथा ICE सवारी साधन का लागि ७० प्रतिशत सम्म कर्जा सुविधा उपलब्ध हुनेछ । यस सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यममा प्रयोगमा हुने व्यावसायिक सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सहज वित्तीय पहुँच प्राप्त हुने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    साथै बैंकले हाल अटो कर्जा, कृषि र SME कर्जामा समेत न्युनतम व्याजदरमा कर्जा प्रबाह गर्ने विशेष अफर ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend